जनकपुरधाम, १३ चैत । कृषि समाग्री कम्पनी लि. शाखा कार्यालय जनकपुरधामले चालु आ.ब. ८ महिनामा ४३ करोड ३८ लाख ८७ हजार २ सय ५४ मूल्य बराबरको रसायनिक मल बिक्री गरेको छ ।
कम्पनीले सो अवधिमा १३ करोड ८७ लाख ६७ हजार ५८० रुपैया मूल्य बराबरको ८ हजार १५८ मेटन युरिया, २९ करोड ७९ लाख ७००३ रुपैया मूल्य बराबरको ६ हजार ३२० मेटन डिएपी र ४३ लाख २२ हजार ६७१ मूल्य बराबरको १८७.१०० मेटन पोटास बिक्री गरी सो रकम संकलन गरेको छ ।
धनुषा र महोत्तरीमा रहेको २७ पालिकाहरुमा २१२ जना डिलर मार्फत सो रसायनिक मल बिक्री गर्दै आएको वरिष्ठ सहायक बेचन कुमार साहले जानकारी गराएका छन् ।
हाल कम्पनीसँग १९९१.९५० मेटन युरिया, ८३८.५५० मेटन डिएपी र ३६१.१५० मेटन पोटास मौज्दात अवस्थामा रहेको जनाइएको छ ।
हालको सृजनमा उखु खेती र चैते धानको लागि आवश्यक पर्ने मलहरु गोदाममा मौज्दात अवस्थामा रहेपनि पालिकाहरुले आआफ्नो भागको मल लान सकेको छैन ।

