जनकपुरधाम, १३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० का वडा कमिटी अध्यक्ष श्याम किशोर मण्डलले आफ्नो पदबाट राजिनामा दिँदै पार्टी परित्याग गरेका छन् ।
उहाँले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीका केन्द्रिय कमिटीका केही वरिष्ठ नेता, मधेश प्रदेशप्रति गलत अभिव्यक्ति दिंदै आएकोले त्यसले गर्दा नाकारात्मक असर परेकोले आपूm खुशी पद र पार्टीबाट समेत राजिनामा दिएको उल्लेख छ ।
वडा कमिटी अध्यक्ष मण्डलले मदमा रहँदा संगठन विस्तार, सुदृढीकरण र जनसम्पर्कमा सहयोग गरेका कार्यकर्ताहरूप्रति आभार व्यक्त गरेका छन् ।
विज्ञप्तिमा लेखेका छन ‘ नगर र वडा तहसम्म संगठन पुनर्गठन गर्ने, कार्यकर्ताबीच एकता कायम राख्ने र जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने कार्यक्रम सयहोग गर्दै आएको प्रति हाम्रो सम्मान छ ।’

