जनकपुरधाम, जेठ २० । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित भएका छन्।
महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिमा लक्ष्मण दर्नाल वरिष्ठ उपाध्यक्ष तथा सावित्री रसाइली, मानसिंह बिक, सुशील दर्नाल, नरभूपाल बिक, विनोद परियार, भोला पासवान, टेकेन्द्र विश्वकर्मा, प्रेमबहादुर बिक, भीमबहादुर बिक र सरिता बराइली उपाध्यक्षमा निर्वाचित भएका छन्।
त्यसैगरी करण ताम्राकार महासचिव, राजेश कुमार पासवान, बसन्त विश्वकर्मा, चिन्ता परियार र बसन्त बिश्वकर्मा सचिव तथा सञ्जय सौगात कोषाध्यक्षमा निर्वाचित भएका छन्।
नवनिर्वाचित सदस्यहरूमा हिरा परियार, कर्णबहादुर बिक, गणेश बिक, कुशल दलामी, अमिर रामदाम, मनिष बिक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना विश्वकर्मा, राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार र पीबी दियाली रहेका छन्।

महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न संघसंस्था, पत्रकार तथा सामाजिक अभियन्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। दलित समुदायका पत्रकारहरूको हक, अधिकार, क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रमा समावेशी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले स्थापित संघको नयाँ नेतृत्वले दलित पत्रकारिताको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन जेठ १८ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले गरेकी थिइन्।
महाधिवेशन उद्घाटन समारोहमा पत्रकारिता, सामाजिक न्याय, समावेशिता, साहित्य तथा समाज रूपान्तरणका क्षेत्रमा योगदान पुर्याएका जनक सापकोटा, सिकेन्द्र पासवान, दिप्ती विश्वकर्मा, उत्सव रसाइली, विष्णु निष्ठुरी, पीबी दियाली, कर्ण बिक, विनोद परियार, रामप्रसाद आचार्य, कमला हेम्च्युरी, मोदनाथ प्रश्रित, ज्ञानेन्द्र महत, सुशीला श्रेष्ठ, चिन्ता परियारलगायत व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
सम्मानित व्यक्तित्वहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै आयोजकले उक्त सम्मानले आगामी दिनमा अझ बढी उत्साह, ऊर्जा र जिम्मेवारीका साथ समाज र राष्ट्रको सेवामा समर्पित हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ। साथै, उनीहरूको निरन्तर सक्रियता र योगदानले दलित पत्रकारिता आन्दोलन, सामाजिक न्याय तथा समतामूलक समाज निर्माणको अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।



