जनकपुरधाम, २२ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।
निर्वाचन कार्यालयका अनुसार घण्टी चुनाव चिह्नका उम्मेदवार झाले हालसम्म ८ हजार ४ सय ४१ मत प्राप्त गर्दै ५ हजार ४ सय ५१ मतको अग्रता लिएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार विमलेन्द्र निधिले गाछी चुनाव चिह्नबाट २ हजार ९ सय ९० मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा एमालेकी उम्मेदवार जुली कुमारी महतोले सूर्य चुनाव चिह्नबाट १ हजार ४ सय ३८ मत प्राप्त गरेकी छन्।
मतगणना जारी रहेको र थप परिणाम क्रमशः सार्वजनिक हुँदै जाने निर्वाचन कार्यालयले जनाएको छ।


