जनकपुरधाम २७ साउन । धार्मिक ऐतिहासिक तथा पर्यटकीय नगरीको रुपमा रहेको जनकपुरधाममा पछिलो समय होटल व्यवसायी द्रूतगतिमा खुलेपनि यो व्यवसायी फ्ष्टाउन नसक्दा लगानीकर्ताको अर्बो रुपैया डुब्ने खतरा बढेर गएको छ ।
मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा ठूलासना गरी दुईसयभन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन् । उक्त होटलहरुमा करीब १५ अर्बभन्दा बढी रुपैया लगानी रहेको छ भने पाँच हजारभन्दा बढी कामदारहरु रोजगार पाएका छन् ।
होटल व्यवसायी संघ जनकपुरधामका अनुसार पर्यटकहरुलाई लक्षित गरी वर्षेनी नयाँ नयाँ होटल खुल्ने क्रम बढ्दै गएको छ, तर आर्थिक गतिविधि र बजारको दायरा फराकिलो नहुँदा व्यवसायीहरु भने उत्साहित नदेखिएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको भनाई छ । पर्यटकीय गतिविधि बढ्ने आशैआशमा होटल व्यवसायीमा लगानी पनि बढिरहेको अवस्थामा यो व्यवसायी ओरालो लाग्दैजानु चिन्ताको विषय हो ( अध्यक्ष भण्डारीले भने (‘विविध कारणले गर्दा जनकपुरधाममा होटल व्यवसायी फ्ष्टाउन नसकेको हो ।’
आर्थिकमन्दी र कोरोनाको मारमा परेका यहाँका होटल व्यवसायी माथि उठ्न नसकेको छ भने अर्कोतिर राज्यले अत्यावश्यक पूर्वाधार र अनकूल वातावरण बनाई दिएको खण्डमा यहाँको होटल व्यवसायीले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन सक्ने विश्वास व्यवसायीहरुको छ ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रविन्दुको रुपमा परिचित जनकपुरधाममा पछिल्लो समयमा धार्मिक पर्यटकहरुलाई लक्षित गरी यहाँ होटल व्यवसायीको विकास भएको छ( शिवचौकमा रहेको वेलकम होटलका सञ्चालक विजय झुनझुनवाला भन्छन् ‘अर्थतन्त्रमा सुधार, आर्थिक क्रियाकलापमा वृद्धि भएमा यहाँ अरु पनि होटल खुल्नेछन् । मधेश प्रदेशको राजधानी समेत रहेका जनकपुरधाममा धार्मिक पर्यटकलाई लक्षित गरी ठू्रलठूला होटल खुलेपनि अर्थतन्त्रमा सुधार नआए कलान्तरमा यो व्यवसायी ओरालो लाग्नेछन् ।
रामानन्द चौकमा रहेका होटल सीता पैलेसका सञ्चालक जीवनाथ चौधरीका भनाई पनि उस्तै उस्तै रहेको छ । उहाँ भन्नुहुन्छ (पछिल्लो समयमा धार्मिक पर्यटकहरुको आगमन बढेकोले होटल खुल्ने क्रम बढ्न गएको हो । तर आर्थिक गतिविधि नबढ्दा होटल व्यवसायीले लगानी अनुसारको प्रतिफल पाउन सकेको छैन ।
मधेश प्रदेशको राजधानी तथा पर्यटकीय नगरी जनकपुरधाम भएकोले यहाँ सडक, हवाई, रेल सेवाले जोडिएको भएपनि आर्थिक गतिविधि बढ्न नसक्दा होटल व्यवसायीहरु निरास भएका छन् । यस व्यवसायीलाई अगाडी बढाउने हो भने तीन तहका सरकारले पर्यटकीय गन्तव्यको थप पहिचान गरी टूरप्याकेज बनाउनु पर्ने माँग व्यवसायीहरुको छ । व्यवसायीहर भन्छन् ‘होटलमा लगानी अनुसारको आर्थिक क्रियाकलाप बढ्न नसक्नुको एउटै कारण हो संघीय सरकारले लगाएको चर्को कर, बैंकको चर्को ब्याजदर, यहाँ आउने पर्यटकहरको सहुलियतका लागि भन्सार विन्दुमा पर्यटनमैत्री संरचना नहुनु, पर्यटन सूचना केन्द्र अध्यायगमन कार्यालय, पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण तथा पर्यटकीय स्थलहरुको व्यापक रुपमा प्रचार प्रसार नहुनु जस्ता कारणले यो व्यवसायीमा लगानी बढेपनि प्रतिफल भने शुन्य रहेको व्यवसायीहरु बताउँछन् ।

