काठमाडौं, २४ असोज । फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (USGS) ले जनाएको छ ।
भूकम्पपछि तटीय क्षेत्रमा सुनामी आउन सक्ने सम्भावना देखिएपछि सुनामीको चेतावनी जारी गरिएको हो । यो समाचार तयार पार्दासम्म भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन ।
यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु र करिब १५० जना घाइते भएका थिए ।



