जनकपुरधाम, ४ माघ । व्याहुत सेवा समिति (कलवार कुटी) को शनिबार सम्पन्न नयाँ कार्य समिति निर्वाचनबाट अध्यक्ष पदमा पुनः श्यामप्रसाद साह निर्वाचित भएका छन्।
शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न निर्वाचनमा उपाध्यक्षमा संजयप्रसाद साह, महासचिवमा शिवशंकर साह, सचिवमा दीपककुमार साह तथा कोषाध्यक्षमा बजरंगप्रसाद साह निर्वाचित भएका छन्।
त्यसैगरी सदस्य पदमा रघुनाथप्रसाद साह, रामजी साह, इन्दु देवी साह र मनोजकुमार साह निर्वाचित भएको निर्वाचन प्रमुख उमेशकुमार साहले जानकारी दिएका छन्।
अध्यक्ष पदमा श्यामप्रसाद साहले ४२८ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी शंकर साहले २०३ मत प्राप्त गरेका छन्। उपाध्यक्ष पदमा संजयप्रसाद साहले ३७७ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी इन्जिनियर मनोजकुमार साहले २३० मत प्राप्त गरेका छन्।
महासचिव पदमा शिवशंकर साहले २४४ मत ल्याई विजय हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी केदार साहले २०८ मत र अर्का प्रतिद्वन्द्वी नागेन्द्रप्रसाद साहले १५६ मत प्राप्त गरेका छन्।

यसैगरी सचिव पदमा दीपककुमार साहले ३४४ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी विजयकुमार साहले २६० मत प्राप्त गरेका छन्। कोषाध्यक्ष पदमा बजरंगप्रसाद साहले ३८३ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी संजय साहले २२० मत प्राप्त गरेका छन्।
गत शनिबार ९ सदस्यीय कार्य समितिका लागि सम्पन्न निर्वाचनमा कुल १९ जनाले उम्मेदवारी दिएका थिए।

