जनकपुरधाम, १ मंसिर । महोत्तरी, मटिहानी ३ बरदाहाका किसान अलि मोहम्मदले यसपाली तीन विघा क्षेत्रफलमा काउली खेती गरे, उत्पादन पनि राम्रो भयो । तर विडम्बना मूल्य नपाउँदा लागत खर्चपनि उठ्न सकेन । उनी भन्छन् (यसपाली काउली खेती घाटाको व्यापार भएको छ, कारण एउटै हो( सीमावर्ती भारतीय बजारबाट निर्वाधरुपमा भारतीय काउली नेपाल भित्रिनुहो ।
भारतबाट काउली नेपाल भित्रिदा हामीले उत्पादन गरेको काउलीले उचित मूल्य पाउन सकेको छैन( किसान अलि भन्छन् ( सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुले भारतीय काउली नेपाल भित्रिन नदिनुपर्ने हो, तर निर्वाध रुपमा भारतबाट आउने काउली नेपाल भित्रिएपछि यसपाली यसको खेती घाटाको व्यापार भएको छ ।
बरदाहामा मात्रै करीब ५० विघा क्षेत्रफलमा किसनहरुले व्यवसायिक रुपमा काउली खेती गर्दै आएको छ । यस क्षेत्रका बरदाहा, धिरापुर, किसनपुर, मझौरा लगायतका गाउँका किसानहरु व्यवसायिक रुपमा काउली खेती गर्दै आईरहेका छन् । बरदाहाका अर्का किसान सुक्ममलले पनि यसपाली १० कट्ठामा काउली खेती गरेका छन् । तर भारतीय काउली भित्रिन थालेपछि हाम्रो उत्पादनको बिक्री प्रभावित भएका छन् । उहाँले पीडा पोख्नुभयो( ऋण काढेर काउली खेती त गर्यो तर यसपाली यसको खेती घाटाको व्यापार भएको छ ।
भारतबाट अत्यधिक काउली नेपाल भित्रिन थालेपछि सस्तो हुने भएकोले नेपाली काउली बिक्री नै हुन छाडेको अर्का किसान इसराइलले भने गत वर्ष काउली खेतीले राम्रो भाउ दिएको देखेर यसवर्ष हौसिएर यसको खेतीको क्षेत्रफल बढायौं, तर भारतीय काउलीले नेपाली बजारमा कब्जा गरेपछि यहाँका किसानहरुले आफ्ुले उत्पादन गरेको काउली कौडीको दाममा बेच्नुपरेको उनीहरुको भनाई छ ।
किसानह सतिस मियाँ, दस्तीमिया कवारी जस्ता किसानहरुको एउटै भनाई छ, सरकारले न त मलखाद्य, विउविजन, सिंचाईको सुविधा दिएको छ, न त भारतीय काउली नेपाली बजारमा रोक लगाएको छ । हाम्रो जीविका कसरी चल्छ ? पीडित किसानको भनाई छ ।
महोत्तरीको भिठामोड नाकाबाट हालसम्म ५० लाखभन्दा बढीको काउली नेपाल भित्रिएको छ । जबकि धनुषा, महोत्तरी सीमाका जटही, भडरिया, मटिहानी, धनौजी, महिनाथपुर, खजुरी, इनर्वा लगायतका खुला नाकाबाट प्रतिनिधि साइकल, मोटरसाइकलमा लाखौं मूल्य बराबरको भारतीय काउली नेपाल भित्रिदै आएको छ ।
यहाँको उत्पादनलाई अगाडि बढाउने हो भने सीमा नाकामा रहेका सुरक्षाकर्मीले भारतीय काउलीमा रोक लगाउनु पर्छ अनि मात्र स्थानीय उत्पादनले आर्थिक आम्दानी लिन सक्ने किसानहरको विश्वास छ ।

