जनकपुरधाम १५ जेठ । गणतन्त्र दिवसको अवसरमा मधेश प्रदेश सरकारले मधेश प्रदेशका १२ जना प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकारहरूलाई सम्मानित गरेको छ ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा विहिवार जनकपुरधाममा गणतन्त्र दिवसमा आयोजित ‘शुभकामना तथा अभिनन्दन कार्यक्रम’मा उहाँहरूलाई दोसल्ला ओढाएर कदरपत्र एवं नगद सहित सम्मान गरेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संयुक्त रुपमा उहाँहरूलाई सम्मानपत्र सहित सम्मानित गर्नु भएको छ ।
यसरी सम्मानित हुनु हुनेमा सप्तरीका वैद्यनाथ झा, प्रकाश खतिवडा, देवनारायण यादव, धनुषाका अशोक रौनियार, रामभरत साह, महोत्तरीका कुमरकान्त झा, गोपाल बराल, ईश्वरी प्रसाद काफ्ले, गयाँ यादव, शत्रुधन नेपाल र शैलेन्द्र गुप्ता रहनु भएको छ ।
जनताको अधिकार प्राप्तिका लागि भएको विभिन्न लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान दिनु भएका मधेश प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरूलाई प्रदेश सरकारले पहिलो पटक सम्मानित गरेको हो ।

