जनकपुरधाम, १५ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राज्यको हरेक निकायमा संघर्ष गरी पुग्नु र वाक स्वतन्त्रता नै गणतन्त्र रहेको बताउनुभयो ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा विहिवार जनकपुरधाममा गणतन्त्र दिवसमा आयोजित ‘शुभकामना तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री सिंहले आउने पुस्ताहरुलाई गणतन्त्रको बारेमा बताउनु पर्ने भन्नु भयो । उहाँले भन्नुभयो ‘आजको विकास गणतन्त्रकै देन हो । आफ्नो अधिकारका लागि आवाज उठाउनु, लड्नु, आन्दोलन गर्नु यी गणतन्त्रको उपलब्धीहरु छन् । २० वर्ष अघिको विकास र अहिलेको विकासको उपलब्धीलाई समीक्षा गर्नुपर्ने दिन आजको हो ।’
गणतन्त्र दिवस मनाउन शहरमुखी भयो, नयाँ पुस्ताहरुलाई बुझाउनका लागि गाउँदेखि विद्यालयसम्म मनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्यमन्त्री सिंहले धैरै नेपाली नागरिकहरुको शहादत र सञ्चारकर्मीहरुको योगदानको बदलौत गणतन्त्र आएको छ । यसलाई बदनाम गर्न र एकल वचस्व लाद्न प्रयास हुँदैछ । यसबाट सावधान रहन सबैमा आग्रह पनि गर्नुभयो ।
उहाँले नयाँ नयाँ मोवाइलको उदाहरण प्रस्तुत गर्दै भने ‘जसरी मोवाइलको नयाँ भर्सन आउँछन, व्यक्तित्यसलाई चेन्ज गरी दिन्छ त्यसरी नै नेपालमा १० वर्षमा संविधान बदलिने अभ्यास हुँदैछ । यो प्रयास कहिलेपनि सफल नहुने उहाँले ठोकुवा गर्नुभयो ।
गणतन्त्रलाई सबैको अपनात्व र आत्मसाथ गर्दै लैजानको निमित्त आज भव्यताका साथ नेपाली नागरिकहरु मनाई रहेको उहाँले जिकिर गर्नु भयो ।
केही सीमित व्यक्तिलाई गणतन्त्र पचिरहेको छैन, गणतन्त्रलाई असफल पार्न लागेको छ र त्यसका लागि आन्दोलित छन्, त्यसमा नलाग्न सबैमा आग्रह पनि गर्नुभयो ।

