वीरेन्द्र कर्ण
जनकपुरधाम, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तरत निर्माण हुन लागेको सडकको उद्घाटन गर्नुहुनेछ ।
भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी मधेश प्रदेशको आठवटै जिल्लाको ६४ वटा सडकको डिजिटल प्रविधिबाट आईतवार जनकपुरधाममा उद्घाटन गर्नु हुने कार्यक्रम रहेको बताइएको छ ।
ंसंघीय सरकारको १२ सय ७० करोड रुपैयाका लागतमा निर्माण हुने उक्त १२ वटा सडक ३ वर्षभित्र निर्माण सम्पन्न गरिने छन् । प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा ५÷५ किलोमिटरको दरले निर्माण हुने सो सडक अन्तरगत प्रत्येक सडकको लागि ६÷६ करोड रुपैया छ्ुट्याएको बताइएको छ ।

