हरेक वर्ष विभिन्न ठाउँमा ट्राफिक सचेतना सप्ताह आयोजना गरिन्छ । एक सातासम्म विद्यालय, कलेज, सडक, चोक र विभिन्न सार्वजनिक स्थलहरूमा ट्राफिक नियमका पोस्टर टाँसिन्छन्, ¥याली निकालिन्छ, सभाहरू गरिन्छ । यस्ता कार्यक्रममा प्रायः ट्राफिक प्रहरी, स्थानीय युवा, विद्यार्थी तथा सरकारी निकायहरू सहभागी हुन्छन् । यसले केही हदसम्म सकारात्मक सन्देश दिन्छ । तर एउटा महत्त्वपूर्ण प्रश्न उब्जिन्छ–के यस्ता कार्यक्रमले सडक दुर्घटना न्यूनीकरणमा सार्थक भूमिका खेलिरहेका छन् त ? उत्तर हेर्दा मिश्रित तस्बिर देखिन्छ ।
सही हो, सचेतना कार्यक्रम आवश्यक छ । नागरिकहरूलाई टूाफिक नियमबारे जानकार बनाउन र कानुनको पालना गराउने मनसाय राम्रो छ । तर यथार्थमा दुई(चार दिनको कार्यक्रमले दीर्घकालीन सुधार ल्याउन सक्दैन । टूाफिक सचेतना भनेको केवल नारामात्र होइन, व्यवहारमा टूाफिक नियम पालना गर्नु हो ।
दुर्भाग्यवश, सडक दुर्घटनाको तथ्यांक हेर्दा टूाफिक सचेतना कार्यक्रमले अपेक्षित प्रभाव पार्न सकेको छैन । यसको एउटा मुख्य कारण टूाफिक व्यवस्थापनमै देखिन्छ ।
टूाफिक नियम पालना गराउन प्रहरी सडकमा त हुन्छन् । तर कतिपय प्रहरीहरू आफैँ इमान्दारिताको कमीका कारण टूाफिक सुरक्षामा बाधक बनेका छन् । विशेष गरी तराई(मधेशका सडकहरूमा खटिएका केही टूाफिक प्रहरी र यातायात कार्यालयका कर्मचारीहरू कागजात अपूरा भएका, लाइसेन्स नभएका सवारी चालकहरूबाट घूस लिई छाड्ने, अनियमित रूपमा लाइसेन्स वितरण गर्ने जस्ता कार्यमा संलग्न देखिन्छन् । यसले दुर्घटनाको जोखिम बढाउनुका साथै राज्यको राजस्वमा समेत असर पु¥याएको छ ।
ट्राफिक विभागले विगतको तुलनामा दुर्घटना केही घटेको दाबी गर्छ । यो सकारात्मक कुरा हो । तर सडकमा नागरिकलाई सचेत गराउनु जति नै महत्त्वपूर्ण छ, टूाफिक प्रहरी र सरोकारवाला निकायहरूलाई इमान्दार बनाउनु पनि उत्तिकै जरुरी छ ।
यस्ता कार्यक्रमको उद्देश्य र लक्ष्य सह्रानीय छन् । तर यदि कार्यान्वयन गर्ने निकायहरू स्वयं जिम्मेवार र इमान्दार भएनन् भने सडक दुर्घटनालाई न्यूनिकरण गर्न सकिँदैन ।
त्यसैले अबको टूाफिक सचेतना कार्यक्रमले केवल नारामात्र होइन, आन्तरिक सुधारको अभियान पनि चाल्न आवश्यक छ । नागरिक समाज, बुद्धिजीवी, टूाफिक प्रहरी, यातायात कार्यालय लगायत सबै सरोकारवाला निकायहरूले आ(आफ्नो दायित्वलाई गम्भीर रूपमा बुझ्न र इमान्दारिताका साथ काम गर्न ढिला गर्नु हुँदैन ।
सडकमा प्रत्येक नागरिकको ज्यानको मूल्य छ । त्यसलाई सुरक्षित बनाउनु सबैको साझा जिम्मेवारी हो ।

