जनकपुरधाम, १ असार। मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सुनिल कुमार यादवले आज प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्नुभएको हो।
बजेटमध्ये चालू खर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
राजस्व स्रोततर्फ:
- आन्तरिक राजस्व: ९ अर्ब ५० करोड ८३ लाख
- वित्तीय समानीकरण अनुदान: ७ अर्ब ७२ करोड १९ लाख
- सशर्त अनुदान: ४ अर्ब २६ करोड १८ लाख
- विशेष अनुदान: ३९ करोड ४५ लाख
- मपूरक (पूरक) अनुदान: ३५ करोड ८२ लाख
मन्त्रालयगत बजेट विवरणः
- भौतिक पूर्वाधार विकास मन्त्रालय: १५ अर्ब ८८ करोड
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय: ६ अर्ब ४५ करोड
- ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय: ४ अर्ब ४१ करोड
- शिक्षा तथा संस्कृति मन्त्रालय: ३ अर्ब ५७ करोड
- उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय: ३ अर्ब ८ करोड
- कृषि मन्त्रालय: २ अर्ब ८३ करोड
- वन तथा वातावरण मन्त्रालय: २ अर्ब ३७ करोड
- खेलकुद तथा सामाजिक कल्याण मन्त्रालय: १ अर्ब ६८ करोड
- गृह, सञ्चार तथा कानून मन्त्रालय: ६४ करोड ८९ लाख
- श्रम तथा यातायात मन्त्रालय: ५७ करोड १४ लाख

