जनकपुरधाम १७ असार । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिमा आएको विचलनका कारण जनतामा नेतृत्वप्रति आक्रोश र निराशा देखिए पनि वर्तमान लोकतान्त्रिक व्यवस्थाप्रति जनसमर्थनमा कुनै कमी नआएको स्पष्ट पार्नुभएको छ।
धनुषा जिल्ला कमिटीको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मंगलबार जनकपुरधामस्थित तिरहुतियागाछीमा बोल्दै अध्यक्ष नेपालले, पछिल्लो समय राजनीतिमा प्रतिक्रियावादी र पुँजीवादी प्रवृत्तिको प्रभावका कारण सम्पूर्ण कम्युनिष्ट आन्दोलन नै बदनाम बन्न थालेको बताउनुभयो। यस्तो अवस्थाबाट मुक्त भई पुनः जनताको पक्षमा समर्पित भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले सबैलाई सचेत रहन आग्रह गर्नुभयो।
पतञ्जलि जग्गा प्रकरणका सन्दर्भमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पार्दै अध्यक्ष नेपालले भने, “म जहिले पनि नडराउने र नबिराउने सिद्धान्तमा विश्वास गर्ने व्यक्ति हुँ, सत्यको अन्ततः विजय हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।”

