काठमाडौं, २० कात्तिक । नेपाल र भारतबीचको उद्यमशीलता र नवप्रवर्तन सहकार्यलाई सुदृढ बनाउन लक्षित भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (IN-SPAN) को पहिलो कार्यक्रम आगामी डिसेम्बरमा सुरु हुने भएको छ। यसै कार्यक्रमको तयारी स्वरूप भारतीय राजदूतावासले सोमबार एक अभिमुखीकरण सत्र आयोजना गरेको छ।
राजदूतावास परिसरमा आयोजित उक्त सत्रमा नेपालका विभिन्न स्टार्टअप कम्पनीका प्रतिनिधि, सरकारी विभाग, वाणिज्य संघ, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल लगायतका संस्थाका करिब १०० जना सहभागी भएका थिए।
त्यस्तै वीरगंज र धरानस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ अध्ययन संस्थानका करिब ६० जना विद्यार्थीहरूले भर्चुअल रूपमा सहभागिता जनाए।
अभिमुखीकरण कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। उनले भारत–नेपालबीचको प्रविधि र नवप्रवर्तन क्षेत्रको सहकार्यलाई समयसापेक्ष र उपयोगी पहलका रूपमा स्वागत गर्दै यो कार्यक्रमले दुई देशबीच नयाँ पुस्ताका उद्यमीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पहुँच दिलाउने अवसर दिने विश्वास व्यक्त गरिन्।
यसैबीच, आईआईटी मद्रासका इलेक्ट्रिकल इन्जिनियरिङका प्राध्यापक तथा सेन्टर फर ह्युमन सेन्ट्रिक एआईका प्रमुख वैज्ञानिक प्रो. गौरव रैना पनि अनलाइन सत्रमार्फत सहभागी भए। उनले आईआईटी मद्रास र त्यसको इन्क्यूबेशन केन्द्र ‘आईआईटीएम प्रवर्तक’ का बारेमा जानकारी दिँदै भारतको स्टार्टअप इकोसिस्टममा यस संस्थाको अग्रणी भूमिकाको चर्चा गरे।
विज्ञप्तिअनुसार, IN-SPAN कार्यक्रम सन् २०२५ डिसेम्बरमा आईआईटी मद्रासमा सुरु हुनेछ। यस कार्यक्रम अन्तर्गत नेपालका स्टार्टअपहरूका प्रतिनिधिहरूका लागि ८ हप्ते पूर्ण छात्रवृत्तिय प्रशिक्षण तथा नवप्रवर्तन कार्यक्रम सञ्चालन हुनेछ, जसमा तालिम, परामर्श र इन्टर्नशिपका अवसर समावेश छन्।

आईआईटीएम प्रवर्तकले हालसम्म ४६ वटा स्टार्टअपहरूलाई इन्क्यूबेट गरिसकेको छ, जस मध्ये १४ वटाले आफ्नो प्रविधि सफलतापूर्वक व्यावसायिकीकरण गरेका छन्।
यसअघि यही दिन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक क्याम्पसमा पनि समान प्रकृतिको सत्र आयोजना गरिएको थियो, जसमा करिब ७० विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रमका लागि आवेदन प्रक्रिया सन् २०२५ नोभेम्बर १५ सम्म खुला रहनेछ। इच्छुक उद्यमी तथा स्टार्टअप संस्थापकहरूले https://shorturl.at/Au8zh

