एजेन्सी
जनकपुरधाम ४ कात्तिक । बिहीबार बिहारका मुख्यमंत्री नीतीश कुमारले दसौँपटक मुख्यमन्त्री पदको सपथ लिएका छन्। उनीसँगै भारतीय जनता पार्टीका सम्राट चौधरी र विजय कुमार सिन्हाले पनि मन्त्री पदको सपथ लिएका छन्। विगतको सरकारले दुबै उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
पटनाको गांधी मैदानमा सम्पन्न सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विभिन्न प्रदेशका मुख्यमन्त्रीहरू उपस्थित थिए। सम्राट चौधरी, विजय कुमार सिन्हा, विजय कुमार चौधरी, मंगल पाण्डे, श्रवण कुमार, लेशी सिंहसहित २६ जना मन्त्रीहरूले सपथ लिएका छन्।
२६ मन्त्रीमध्ये तीन महिला र एक मुस्लिम विधायक छन्। महिला विधायकमध्ये लेशी सिंह जनता दल (यूनाइटेड)का, रमा निषाद र श्रेयसी सिंह बीजेपीकी हुन्। मुस्लिम विधायक मोहम्मद जÞमा खान जनता दल (यूनाइटेड)का सदस्य हुन्।
बुधबार विधानसभाको सेंट्रल हलमा एनडीएको २०२ सदस्यीय बैठकले नीतीश कुमारलाई सर्वसम्मत रुपमा गठबन्धनको नेता चयन गरेको थियो। जेडीयूले पनि आफ्नै बैठकमा नीतीशलाई दलको नेता चयन गरेको थियो।
बीते हप्ता सम्पन्न बिहार विधानसभा निर्वाचनमा एनडीएको प्रचण्ड बहुमत आएको थियो। २४३ सिटमध्ये एनडीएले २०२ सिट जितेको थियो। बीजेपी ८९, जेडीयू ८५, एलजेपी(आर) १९, हिन्दुस्तानी अवाम मोर्चा ५ र आरएलएम ४ सिटमा विजयी भएका थिए।
मन्त्रीहरूको सूचीः
बीजेपीः सम्राट चौधरी, विजय कुमार सिन्हा, दिलीप जायसवाल, मंगल पाण्डे, रामकृपाल यादव, नीतिन नवीन, संजय सिंह टाइगर, अरुण शंकर प्रसाद, सुरेन्द्र मेहता, नारायण प्रसाद, रमा निषाद, लखेंद्र सिंह रौशन, श्रेयसी सिंह, प्रमोद कुमार
जनता दल (यूनाइटेड): विजय कुमार चौधरी, बिजेंद्र प्रसाद यादव, श्रवण कुमार, अशोक चौधरी, लेशी सिंह, मदन सहनी, सुनील कुमार, मोहम्मद जमा खÞान
एलजेपी (रामविलास): संजय कुमार, संजय कुमार सिंह
हिन्दुस्तानी अवाम मोर्चाः संतोष सुमन
राष्ट्रिय लोक मोर्चाः दीपक प्रकाश
सम्राट चौधरी ७ वर्षअघि बीजेपीमा सामेल भएका थिए। उनले तारापुर विधानसभा सीटबाट जित हासिल गरेका छन्। विजय कुमार सिन्हा नीतीश कुमारको विगतको सरकारमा दोस्रो उपमुख्यमन्त्री थिए र लखीसराय सीटबाट पाँचौं पटक विजयी भएका छन्।
लेशी सिंह धमदाहा सीटबाट, श्रेयसी सिंह जमुई सीटबाट र मोहम्मद जÞमा खान चैनपुर सीटबाट विजयी बनेका हुन्। श्रेयसी सिंह २०१८ का कॉमनवेल्थ खेलमा गोल्ड मेडल विजेता हुन्। बीजेपी, जनता दल (यूनाइटेड), एलजेपी(रामविलास), हिन्दुस्तानी अवाम मोर्चा र राष्ट्रिय लोक मोर्चाबाट बनेको नयाँ मन्त्रिपरिषदले आगामी सरकार सञ्चालन गर्नेछ।



