जनकपुरधाम, १७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिने घोषणा गर्नुभयो ।
आज बुधबार बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । उहाँले आजै राजिनामा पत्र प्रदेश प्रमुख डा.सुरेन्द्र लाभसमक्ष बुझाउने बताउनुभयो ।
विश्वासको मत लिनका लागि बुधवार बिहान साढे ८ बजे नै प्रदेश सभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्री यादव आफैं उपस्थित नभएपछि बैठक २ः०० बजेसम्मको लागि स्थगित गरिएको थियो ।

दुई बजेपछि बसेको प्रदेशसभा बैठकमा एमालेका साँसद बाहेक विपक्षी दलका साँसदहरु अनुपस्थिति भएपछि मुख्यमन्त्री विश्वासको मत पाउने छाँटकाँट नदेखिएपछि राजिनामा घोषणा गर्नु भएको छ । मुख्यमन्त्री यादवले आफ्नो ५० मिनटको भाषणमा अधिकांश समय विपक्षी दलका साँसदहरुमाथि प्रहार गर्नु भएको थियो । उहाँले संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेको हो । उपधारा ३ दिनमा स्पष्ट उल्लेख छ कि प्रदेश सभामा सबैभन्दा बढी सदस्इहरु भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने रहेको र सोही अनुसार आफू मुख्यमन्त्री बनेको बताएका छन् ।तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले संसदबाट विश्वासको मत नपाउँदा कातिक २२ गते राजिनामा दिएका थिए । कात्तिक २४ गते विहान सिन्धुलीको बर्दिवास ३ कलाकापानी स्थित पानस कोटेजमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्रीमा सपथ ग्रहण गराउनु भएको थियो ।

मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएसँगै मधेस प्रदेशमा संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको बाटो खुला भएको छ ।
विश्वासको मत लिन निर्धारित प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले रोष्टमबाटै राजीनामाको घोषणा गरेका हुन् । बैठकमा उनले मन्तव्य राखिरहँदा विपक्षी सात दलका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका थिए ।
सत्ता साझेदार दलबाट मात्रै विश्वासको मत प्राप्त नहुने निश्चित निष्कर्ष निकाल्दै उनले मार्गप्रशस्त गर्ने निर्णय गरेका हुन् ।मधेश प्रदेशमा करीब दुईवर्षभित्रमा उहाँले चौथो मुख्यमन्त्रीको रुपमा नियुक्ती पाएका थिए । मुख्यमन्त्री यादवको राजिनामासँगै मधेश प्रदेशमा नयाँ सरकार बनाउन दलहरुबीच जोडघटाउन शुरु भएको छ ।



