जनकपुरधाम, ३ पुस । जनकपुरधामा नेपाल जेसीआईको ५२औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको जनाइएको छ ।
विहिवार साँझ पत्रकार सम्मेलन गरी सोको जानकारी गराएका हुन । पुस ४ गतेदेखि ७ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन जापनका ठूलो विजनेश मैन तथा जापान सरकारका सल्लाहकार रहिसकेका सुजुकीले गर्ने जनाएका छन् ।
महाधिवेशनमा मेचीदेखि महाकालीसम्मका एकसय ४४ शाखाबाट करीब पाँच हजार सहभागी हुने जनाइएको छ ।
जेसीआई जनकपुरधाम शाखाका अध्यक्ष मुकेश साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शुक्रवार बेलुका ४ बजेसम्म उद्घाटन सत्र रहेको र त्यसपछि विभिन्न किसिमको तालिम, विचार प्रस्तुत लगायतको रहेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा केन्द्रिय अध्यक्ष, उपाध्यक्ष, महाधिवेशन तयारी समितिका निर्देशक सहितको उपस्थिति रहेको थियो ।
जनकपुरधामको तिरहुतिया गाछीमा हुन लागेको जेसी महाधिवेशनका लागि रंगीचंगी बत्ती, कलात्मक मण्डप र जानकी मन्दिरको प्रतिरूपले सजिएको छ ।

जनकपुरधामको पर्यटन प्रवद्र्धन तथा स्थानीय व्यवसायमा फड्को मार्ने निश्चित देखिन्छ ।
राष्ट्रिय महाधिवेशनका प्रबन्ध निर्देशक तथा जेसीआई जनकपुरधामका पूर्व अध्यक्ष सुधिर पंजियारले महाधिवेशनमा १४४ शाखाबाट प्रतिनिधि आउने र केही अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पनि सहभागी हुने बताएका छन् । उनले भने, “चार दिनसम्म चल्ने महाधिवेशनमा करिब पाँच हजार अतिथिहरू आउनेछन् । ठूलो संख्यामा सहभागी हुने भएकाले तयारीलाई उच्च प्राथमिकताका साथ अघि बढाइएका छन् ।”

उनका अनुसार जनकपुरधामको सांस्कृतिक, धार्मिक र पर्यटकीय पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले महाधिवेशन यहाँ आयोजना गरिएको हो । महाधिवेशन सञ्चालनका लागि करिब ३ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान पनि उनले प्रस्तुत गरे ।
उद्घाटन सत्रका प्रमुख अतिथि चयनमा भने अन्योलता रहेको आयोजकको भनाइ छ ।

जेसीआईका सल्लाहकार राष्ट्रिय उपाध्यक्ष सुमिता भट्टराईले नेपालमा यसअघि यति ठूलो र भव्यताका साथ महाधिवेशन सम्पन्न हुन लागेको बताएकी छन् ।
पत्रकार सम्मेलनमा पूर्व जेसी अध्यक्ष मनोज साह, महाधिवेशन तयारी समितिका निर्देशक सुधिर पजियार सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रबन्ध निर्देशक पजियारका अनुसार जनकपुरमा भएका विगतका महाधिवेशनको विवरण स्मरण गर्दै भने, “सन् १९७७ मा अध्यक्ष लक्ष्मी बहादुर निराला र प्रबन्ध निर्देशक सीताराम सिकारियाको नेतृत्वमा पहिलो पटक यहाँ महाधिवेशन भएको हो । त्यसपछि १९९३ मा शम्भु साह अध्यक्ष हुँदा, २००३ मा सन्तोष साह अध्यक्ष हुँदा र २०१८ मा जितेन्द्र महासेठ अध्यक्ष हुँदा महाधिवेशन जनकपुरमै सम्पन्न भएको बताएका छन् ।


