जनकपुरधाम, २४ पुस । जनकपुरधाम स्थित व्याहुत सेवा समिति (कलवार कुट्टी)को नयाँ कार्य समितिको निर्वाचन माघ ३ गते हुने मतदानमा भाग लिने उम्मेदवारहरुको नामावली विहिवार सार्वजनिक भएको छ ।
समितिको नयाँ कार्य समितिका लागि अध्यक्ष पदमा श्याम प्रसाद साह र शंकर साहले उम्मेदवारी दर्ता गराएको निर्वाचन प्रमुख उमेश साहका अनुसार उपाध्यक्ष पदमा ई.मनोज कुमार साह, जितेन्द्र प्रसाद साह र संजय प्रसाद साह उम्मेदवारी दिएका छन् भने महासचिव पदमा केदार साह, शिवशंकर साह र नागेन्द्र प्रसाद साहले उम्मेदवारी दिएका छन् ।
सचिव पदमा विजय कुमार साह र दीपक कुमार साह उम्मेदवार दिएका छन् भने कोषाध्यक्ष पदमा बजरंग प्रसाद साह, संजय साह र राज कुमार साहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
चार जना सदस्य पदका लागि हुने निर्वाचनमा आठजनाले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यमा रघुनाथ प्रसाद साह, राज कुमार साह, रामजी साह, उमेश कुमार साह, इन्दु देवी, कृष्णा देवी साह, शुभम् साह र मनोज कुमार साह उम्मेदवारी दिएका छन् ।
निर्वाचन प्रमुख साहका अनुसार पुस २५ गते उम्मेदवारमाथि दावी विरोध, पुस २९ गतेउम्मेदवारी फिर्ता र माघ ३ गते निर्वाचन हुने बताएका छन् ।

