जनकपुरधाम, ५ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २९ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने १६ जना विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल जनता पार्टीबाट अमरेन्द्र कुमार झा, नेपाल मजदुर किसान पार्टीबाट गंगा लक्ष्मी वैद्य, जनमत पार्टीबाट गोपाल प्रसाद साह, नेपालका लागि नेपाली पार्टीबाट चन्दन कुमार झा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट जुली कुमारी महतो, जनता समाजवादी पार्टी नेपालबाट परमेश्वर साह, आम जनता पार्टीबाट प्रदीप विक्रम साह, उज्यालो नेपालबाट प्रमोद कुमार साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट रमेन्द्र कुमार कर्णले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राजीव कुमार झा, नेपाली कम्युनिष्ट पार्टीबाट रामललित मण्डल, नेपाली काँग्रेसबाट विमलेन्द्र निधि, श्रम संस्कृति पार्टीबाट सदाम हुसैन, राष्ट्र नेपाल दल नेपालबाट सवनम खातुन साफी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हुसैन कवारीले उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेदवारका रूपमा अजय कुमार यादव, अमित कुमार पाठक, अरविन्द कुमार पासमान, आनन्द दास तत्मा, कृष्ण कुमार साह, कृष्ण कुमार सुल्तानिया, केवल ठाकुर, दिवाकर कुमार साह, नवोनाथ ठाकुर, नविन कुमार रञ्जन, विक्रम साह, भरत कुमार साह, मनोज कुमार साह, मात्रिका प्रसाद दास, मुकेश यादव, राज कुमार भण्डारी, राज कुमार साह, रामसरोज साह, रोशन यादव, विनोद कर्ण, श्याम किशोर साह, सीता देवी, सीताराम महतो, सुनिल साह, सुरैत मण्डल, सुवदार यादव तथा हरिनारायण यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
स्थानीयवासीहरूका अनुसार यस निर्वाचन क्षेत्रमा नेकपा एमालेकी जुली कुमारी महतो, नेपाली काँग्रेसका विमलेन्द्र निधि र राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

