जनकपुरधाम, १४ साउन । केही वर्षअघिसम्म भारतीय सीमासँग जोडिएका नेपाली गाउँका अधिकांश बासिन्दाले भारतीय नुन प्रयोग गर्ने गरेका कारण आयोडिनको कमीबाट हुने विभिन्न स्वास्थ्य समस्याको जोखिम व्यहोर्नुपरेको थियो। तर अहिले अवस्था फेरिएको छ। साल्ट टूेडिङ कर्पोरेशन लिमिटेड, शाखा कार्यालय जनकपुरधामले आयोडिनयुक्त नुनको महत्व र यसको स्वास्थ्य लाभबारे व्यापक जनचेतनामूलक अभियान सञ्चालन गरेपछि दुर्गम ग्रामीण क्षेत्रका उपभोक्ताले दुई बालबालिकाको चिन्ह अंकित नेपाली आयोडिनयुक्त नुन प्रयोग गर्न थालेका छन्।
भारतीय सीमावर्ती क्षेत्रमा आयोडिनयुक्त नुनको प्रयोगबाट हुने फाइदाबारे प्रचार(प्रसार बढेसँगै भारतीय नुनको प्रयोग घट्दै गएको छ। शाखा कार्यालयका प्रमुख शुभनारायण साहका अनुसार नेपाली आयोडिनयुक्त नुनप्रति उपभोक्ताको आकर्षण बढेसँगै यसको बिक्रीसमेत उल्लेखनीय रूपमा वृद्धि भएको छ।
हाल धनुषा, महोत्तरी र सिन्धुली जिल्लाका २८ वटा डिलरमार्फत ग्रामीण क्षेत्रसम्म आयोडिनयुक्त नुन आपूर्ति भइरहेको छ। आर्थिक वर्ष २०८२÷८३ मा कार्यालयले रु. २१ करोड ५५ लाख २८ हजार ५०० बराबरको १ लाख ८७ हजार ८१० बोरा आयोडिनयुक्त नुन बिक्री गरेको जनाएको छ।
सरकारले आयोडिनयुक्त नुनको खुद्रा मूल्य प्रतिकिलो रु. २६ तोके पनि स्थानीय व्यापारीले प्रतिकिलो रु. ३० सम्ममा बिक्री गर्ने गरेका कारण उपभोक्ता अतिरिक्त आर्थिक भार व्यहोर्न बाध्य भएका छन्।
यसै आर्थिक वर्षमा कार्यालयले रु. ६ करोड ६८ लाख ५५ हजार २५३ बराबरको ३ हजार ९३० मेटिूक टन युरिया, रु. २३ करोड ३० लाख १७ हजार ६४५ बराबरको ५ हजार ६४ मेटिूक टन डीएपी तथा रु. ७९ लाख ६० हजार ६० बराबरको ३३४ मेटिूक टन पोटास बिक्री गरेको छ। यी मल धनुषा र महोत्तरीका २६९ वटा डिलरमार्फत किसानसम्म पु¥याइएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार संघीय सरकारबाट आवश्यक परिमाणको करिब ३० प्रतिशत मात्रै रासायनिक मल प्राप्त हुने भएकाले किसानको मागअनुसार मल उपलब्ध गराउन कठिनाइ भइरहेको छ। एआईद्वारा निर्मित तस्वीर प्रयोग



