जनकपुरधाम, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारभन्दा ठूलो अपराध निर्माण कार्यमा ढिल्लासुस्ती गर्नु रहेको बताउनुभयो । उहाँले भ्रष्टचार १० प्रतिशतसम्म अपराध गर्छन भने निर्माण कार्य सुस्ती हजार प्रतिशत गर्छन । यो उपलब्धीको बाधक हो भन्नुभयो ।
जनकपुरधाममा आईतवार मधेश प्रदेशको दोस्रो चरणको कार्यक्रम अन्तरगत ‘एक निर्वाचन क्षेत्र, एक सडक निर्माण’ कार्यक्रमको डिजिटल शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले निर्माण कार्यक्रममा ढिल्ला सुस्ती गर्नेलाई ठेक्का रद्द गर्ने समेत बताउनुभयो । उहाँले कोशी मरिन डाइभर्सनको विषयमा भन्ने —२५ वर्षअघि ठेक्का लागेको मरिन डाइभर्सन हालसम्म निर्माण हुन सकेन । त्यस्ता ठेक्केदारलाई कालोसूचीमा राख्ने र ठेक्का रद्द गर्ने बताउनुभयो ।

यहाँले नेकपा एमाले सरकार मधेश प्रदेशको विकासमा ठूलो फड्को मारेको भन्दै यस प्रदेशमा बसोबार गर्ने गरीब, दलितलाई १० हजार आवास निर्माण, रेल सेवा विस्तार÷सञ्चालन, पुलपुलेसा निर्माण, सडकहरुको कालोपत्रो लगायतको कार्य गरेको बताउनुभयो । उहाँले आज हामीले गरेको ६४ वटा सडक निर्माण शिलान्यसाको कार्य समयमा र गुणस्तरीय किसिमले गर्नका लागि निर्देशन समेत दिनुभएको छ ।
यातायात तथा पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेश सरकार सभामुख, प्रदेश प्रमुख, मन्त्री तथा साँसदहरुको समेत उपस्थिति थियो ।

