काठमाडौं १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी आफूलाई प्रदान गरिएको सरकारी सेवासुविधा फिर्ता लिने निर्णय गरेकी छिन्।
उनको तर्फबाट गृह मन्त्रालयमा औपचारिक निवेदन पेस गरिएको स्रोतले जानकारी दिएको छ।
“पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयमा पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं,” भण्डारीनिकट स्रोतले बताएको छ।
पूर्वराष्ट्रपतिले गत १४ असारमा औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेशको घोषणा गरेकी थिइन्। उनले पार्टी सदस्यता नवीकरण भइसकेको जानकारी पनि सार्वजनिक गरेकी छिन्।
भण्डारीको पुनः राजनीतिक सक्रियतासँगै नेकपा एमालेभित्र नेतृत्व पुनर्संरचनाको बहसले नयाँ गति लिएको छ।

