जनकपुरधाम, ४ असोज । जेडयुथ फर नेचर (जेडवाईएन)ले मधेश प्रदेश सरकार हाम्रा सात बुँदे माँग सम्बोधन नगरेमा जेनजीभन्दा ठूलो आन्दोलन गर्ने चेतावनी दिएको छ । शनिवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी सो चेतावनी दिएका हो ।
अवस्था परिवर्तन, सुशासन र वातावरण मैत्री विकास नाराका लगाइएको बैनरमा ‘लुटतन्त्र र भ्रष्टाचारको जालो फैलिएको विरुद्धमा हामी छौं । प्रदेश सरकारमा सुधार भएन भने जेनजीभन्दा पनि ठूलो आन्दोलन गछौैं जेडवाईएनका सदस्य सुनिल यादव भने ‘हामी व्यवस्थाको विरोधी होइनौं, हामी अवस्थाको विरोधी हो । लोकतन्त्रको मूल्यमान्यता विपरित सरकारले गर्ने क्रियाकलाप विरोधमा छौं ।’
प्रदेशमा पनि अन्तरिक सरकार गठन हुनुपर्छ, विज्ञताको आधारमा सानोभन्दा सानो मन्त्री परिषद् विस्तार गनुपर्छ साथै प्रदेशसभाको निर्वाचन मिति तत्काल सार्वजनिक गर्नुपर्छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्छ । साथै स्थानीय तहको निर्वाचन गैर दलीय आधारमा हुनुपर्छ । लुटतन्त्र र भ्रष्टाचारतन्त्रको अन्त्य हुनुका साथै मधेश र देशलाई यसबाट मुक्त गराउन निष्पक्ष नागरिक आयोग गठन गरी भ्रष्टाचार छानबिन हुनपर्छ माँग रहेको छ ।
त्यसैगरी चुरे भावन क्षेत्रलाई संरक्षित क्षत्रेको रुपमा घोषणा गर्नुपर्छ, तत्काल प्राकृतिक स्रोत साधन र सम्पदाको दोहन तथा अतिक्रमण रोक्नुपर्छ, चुरे क्षेत्रबाट बग्ने नदीहरुमा ३देखि ५ चरणमा चेक ड्याम निर्माण गर्नुपर्छ, चुरे वनजंगलको संरक्षणका लागि विशेष फोर्स गठन गरी त्यसलाई डिभिजन वन कार्यालय अन्तरगत राखनुपर्छ उनीहरुको माँग रहेको छ । पत्रकार सम्मेलनमा जेडवाईएनमा कुनै संयोजक छैन, यसमा आबद्ध सबै सदस्य रहेको जानकारी गराउँदै, प्रदेश सरकारले माँगलाई सम्बोधन नगरेमा दशैं अगाडि नै हामी आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
पत्रकार सम्मेलनमा चुरे तथा वनजंगल संरक्षण अभियान अन्तरगत यो संगठन रहेको जानकारी समेत गराएका छन् ।

