जनकपुरधाम, २४ मंसिर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ क्याम्पस चौक नजिकमा पाँचौ शाखाको रुपमा मिथिला डिपार्टमेन्ट स्टोर प्रा.लि.सञ्चालनमा आएको छ ।
सोही वडाका वडा अध्यक्ष सुरेश झाले हिन्दु परम्परा अनुसार पूजापाठ गरी उद्घाटन गरेका छन् । डिपार्टमेन्टमा खाद्य सामग्रीदेखि लिएर अन्य आवश्यक उपभोग्य सामानहरू एउटै स्थानमा उपलब्ध बताइएको छ ।

यो भन्दा अघि सोही वडाको कदमदेखि कपिलेश्वर जानेबाटामा मंसिर १० गते चौथो शाखाको रुपमा सञ्चालनमा ल्याइएको थियो । स्टोरमार्फत २० जनाले रोजगारी पाएका छन् । करिब ९० लाख रुपैयाँभन्दा बढी लागतमा सञ्चालनमा आएको यस स्टोरमा कस्मेटिक्स, घरेलु सामग्री तथा खाद्य सामग्रीहरू एकै ठाउँमा उपलब्ध हुने प्रबन्धक निर्देशक शिवेन्द्र झाले जानकारी दिएका छन् ।

