वीरेन्द्र कर्ण
जनकपुरधाम, १६ माघ । कृषि समाग्री कम्पनी लि.शाखा कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२÷०८३ को अर्धवार्षिक अवधिमा ३८ करोड, ९० लाख ६९ हजार ४ सय १५ रुपैया मूल्य बराबरको रसायनिक मल युरिया, डिएपी र पोटास बिक्री गरेको छ ।
सो कार्यालयले धनुषा र महोत्तरीमा रहेका २२५ डिलर मार्फत सहज रुपमा मल उपलब्ध गराउँदै आईरहेको सूचना अधिकारी बेचन साहले बताए ।
सूचना अधिकारी साहका अनुसार सो अवधिमा कार्यालयले यूरिया ११ करोड, ७६ लाख ८७ हजार ८७ रुपैया मूल्य बराबरको ६ हजार ९ सय १८ मेटन युरिया, २६ करोड ८२ लाख २४ हजार ४ सय ९७ रुपैया मूल्य बराबरको ५०८२९.७०० मेटन डिएपी र ३१ लाख ५७ हजार ८२८ रुपैया मूल्य बराबरको ९२.८५० मेटन पोटास बिक्री गरेको छ ।
कार्यालयले सहज रुपमा आफ्ना डिलरहरुलाई मल उपलब्ध गराएपनि स्थानीय पालिकाले आफूखुशी आफ्ना नजिकका मान्छेलाई मल बिक्री गर्दा वास्तविक किसान अहिलेपनि मल पाउनबाट वन्चित रहेको गुनासो छ । अहिले कम्पनीसँग पर्याप्त मात्रामा मल रहेकोले यसवर्ष मलको अभाव नहुने बताइएको छ ।

