सर्लाही, २२ फागुन । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनको मतगणना सुरु गरिएको छ।
नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यस क्षेत्रमा शुक्रबार बिहान करिब सवा १० बजेदेखि मतगणना सुरु गरिएको हो।
पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ मा खसेको मतबाट गणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका हो।
मतगणनाको थप परिणाम क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

