काठमाडौं २१ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नं.–४ मा मतदान सुरु हुनेबित्तिकै तनाव उत्पन्न भएको छ ।
बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान प्रारम्भ भएको केही समयमै मतदाताबीच विवाद चर्किएको हो । मतदान केन्द्रमा उपस्थित मतदाताहरूबीच हुलदङ्गा भएपछि अवस्था केहीबेर तनावग्रस्त बनेको थियो ।
विवादका कारण केही समय मतदान अवरुद्ध भए पनि सुरक्षा निकायको हस्तक्षेपपछि स्थिति नियन्त्रणमा आएको छ । हाल उक्त केन्द्रमा मतदान पुनः सुरु भएको जनाइएको छ ।

