पर्सा १२ वैशाख । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ६० अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सो अवधिमा वीरगञ्ज नाकाबाट १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गरिएको छ । सोही आयातबाट उक्त रकम राज्यकोषमा दाखिला भएको हो ।
कार्यालयका अनुसार उक्त अवधिमा ८ लाख ८ हजार ७४५ किलोलिटर डिजेल, ३ लाख ५९ हजार ८४६ किलोलिटर पेट्रोल र २२ करोड ४८ लाख ७५ हजार २६६ किलोग्राम एलपी ग्यास आयात गरिएको छ । रासस


