जनकपुरधाम । मुसहरका आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक तथा समाजिक न्यायका अवस्था धेरै दैनिय रहेको छ । श्रमजीवी भएको कारण पिढीदर पिढि आफ्नो अस्तित्व बचाउने कार्य गर्दै आईरहेको छ। तर पनि स्थिति आज पनि समाजिक एवं सरकारका अपहेल्ना तथा उपेक्षाले गर्दा दुःखदायी बनेका छन् । श्रममा भरोसा तथा विश्वास छ यधपी वहांहरु श्रम शोषणका विरोधी छन् । यसको प्रमाण दीनाभद्री लोकगाथावाट नै लिन सकिन्छ । मुसहर द्रविड वंशका हुन् । वहाँहरुको आफ्नो भेष, भूषा तथा भाषालोप भईसकेको छ । पूर्णरुपमा सुकुम्बासी भएकोमा मुख्यरुपमा श्रममा अश्रित रहने गरेको हुंदा कामका खोजीको शिलशिलमा विभिन्न भू-भागमा अस्थायीरुपमा जाने गरेकोमा त्यहिका स्थानिय भेष, भूषा तथा भाषालाई अंङ्किार गर्नु पर्ने बाध्यतावाट रहेको छ।
यस सन्दर्भमा कुक (द कास्ट सिस्टम आंफ नादर्न इंडिया, सन् १९०८ ई.), हंटर (स्टेटिकल रिर्पोट मना१३) आदिमा अलग अलग मत राखेका छन् । भारतको बाबू विमलाचरणको प्रशासनिक प्रतिवेदन (१८७२-७३ ई.) को प्रतिवेदन अनुसार बिहार (संयुक्त) मुसहर र रजवार आफ्नो वंशानुक्रम तुल्सीबीर र कम्मा आमावाट आएको मान्दछ। बिहार गयाको मेवड पहाडलाई मूल थलो मान्दछ । तुल्सीवीरको दुईवटा छोरा थियो। एउटाको नाम मधुवीर र अर्कोको नाम रघुवीर थियो । मुसहर आफुलाई मधुवीरका सन्तान र रजवार रघुवीरका सन्तान मान्दछ । गंगा नदीको उतरपट्टि बसोवास गर्नेले तिरहुतिया र दक्षिणपट्टि बसोबास गर्नेले मगहिया मुसहर कहलाउंदै आएका इतिहासले जनाएको छ ।आज मुसहर र रजवारमा कुनै किसिमका जातीय तालमेल छैन् । वहांहरु मनुवादका चपेटामा परेर अर्थात ब्राम्हणको कुविचारका जालमा पसेर एक अर्काको छोएको पनि खादैन् । नेपालमा विक्रम सम्वत् २०७८ को जनगणना अनुसार मुसहर पुरुषको जनसंख्या १,३०,९१५ र महिलाको जनसंख्या १,३४,०५९ रहेको छ । यर्थाथ कुल जनसंख्या २, ६४, ९७४ रहेकोमा नेपालको कुल जनसंख्याको लगभग ०.९ प्रतिशत रहेको छ । तर मुसहर जातका अगुवाहरूले उक्त परिमाण गलत भएको आफ्नो अडान राख्दै आइरहेका छन्। मुसहर बहुत परिश्रमी हुन्छ । वहांहरु माटो काट्न (खन्न) र माटो ढुवानी गर्न तथा जति सुकै बांझो जग्गा खन्न शिपालु हुन्छ । धानको खेतीसंग यिनीहरुको लगाव धेरै हुन्छ । तथापि वहाँहरु घरमा बर्षभरीका खाने अन्न हुदैन् । यस समुदायका दशा दुरदशा ब्राम्हणवादी व्यवस्थाका प्रतिफल हो । विगतमा वहाँलाई विभिन्न प्रकारका शैक्षिक, राजनीतिक, आर्थिक तथा समाजिकरुपमा प्रतिबन्ध लगाई निर्धन एवं शक्ति बिहिन बनाएको इतिहास ताजै छन्।
नेपालमा विभेदमा परेका अर्थात अमानविय जीवन व्यतित गर्दै आईरहेका मुसहर, पासवान, ढोम, हलखोर, खत्वे, पासी, तत्मा, बातर, मुसमान, कामी, दमाई, विश्वकर्मा, वादी, ढागर, पथ्थर कट्टा लगायतका जातजातिहरु छन् । त्यस मध्ये मुख्यरुपमा मुसहर जाति सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, सामाजकि न्याय तथा बन्धूत्व भाईचरा सम्पुर्ण पक्षमा निन्दनिय अवस्थामा रहि जीवन आपन गर्दै आईरहेकोछ । विश्वको सर्वोच्च शिखर सगरमाथाको गौरवमय काखमा सुशज्जित हाम्रो देशको विधमान सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक विषमता र पछौटेपन जस्तो कुरितिले सामाजिक र उन्नति अवरोध अवस्था कायमै छ । संघिय लोकतान्त्रिक गणतन्त्र पद्धति भएको सवैधानिक व्यवस्थाको मूल तत्व समानता, समता, स्वतन्त्रता र भातृत्व हो । मुसहरहरु उक्त प्रवधानवाट विमुख भएको हुंदा समानत, स्वतन्त्रता, भातृत्व, उचित शिक्षा, स्वास्थ्य तथा जनविकासको सुरक्षाक विभेद र अभावमा आजसम्म पनि कष्टकर जीवन व्यतित गर्दै आएकोछ ।
नेपालमा राणाकाल देखि नै राज्यद्वारा सामाजमा अति पछाडी परेका तथा पारिएका मुसहर दलित समुदाय भित्रकै सवै भन्दा आर्थिक अवस्था कमजोर , शैक्षिक स्तर न्यून, समाजिकरुपमा बहिष्कृत र राजनैतिक रुपामा असचेत तथा बंन्चित भन्नु पर्दा असान्दर्भिक नहोला । मुसहर पछौटेपनका मुख्य कारणहरुमा सामाजमा छुवाछुतको प्रभाव, सामाजिक न्यायमा विभेद, गरिबी, शिक्षाको अभाव, मादक पदार्थको सेवन, जातीय हिनताबोध, राष्ट्रिय नितिको अभाव, धन सन्चय गर्ने बानीको अभाव, संगठनको अभाव, बाहिरी शोषण, मुख्यरुपमा योजना आयोगको लापरवाही र राजनीतिक दलहरुको बैमानी आदि रहेकोछ।
मुसहरवाट अरु समुदायको घर आंगन, पानी, खाना, चुल्हो समेत छुवाउने कुप्रथा चलन २१ औं शताब्दीसम्म आईपुग्दा पनि कायमै रहेकोछ । सनातन धर्म सांस्कृतिको आधार बनाई कथाकथित उच्च समुदायका व्यक्तिहरुवाट हालसम्म अप्रत्यक्षरुपमा अवैज्ञानिक प्रथालाई यथावत सामाजमा हालसम्म कायमै राखेकोमा विभिन्न जिल्लामा छुवाछुतको आधारमा घटना पटक पटक भएकोवाट स्पष्ट हुन् आउंछ । जबकी मौलिक हकअधिकारको महलमा उल्लेख भए बमोजिम कुनै पनि मानवलाई जात, लिङ्ग, रंग, वर्ण आदिको आधारमा विभेद गर्न नपाईने उल्लेख भएको पाईन्छ । तर नेपालमा विभिन्न पार्टि, संघ, संस्था र नेपाल सरकारले विभेद तथा छुवाछुत सम्वन्धि नियम कानुन, ठुलठुला योजना तथा ५ तारे होटलमा परिवर्तन र न्युनिकरणको प्रगति, सेमिनार, चर्चा आजको मुसहरलगायत सम्पूर्ण दलितको अवस्थालाई विश्लेषण गर्दा ढोक्सला मात्र भएको भन्नुपर्दा अनुपयुक्त नहोला ।
विश्वमा श्रम गर्नेहरुले उचित मानसम्मान तथा उचित ज्याला प्राप्त गर्दै आईरहेको सन्दर्भमा खास गरेर एशिया र दक्षिण एशिया ठ्याकै उल्टो चलन वा भनौं परोपाटी रहेको पाएकोछ । जस्तै : खेतमा बाली लगाउने देखि लिएर वाली काट्ने थन्काउने सम्मको कार्य गरिब मजदुरले गर्छ तर त्यसैको घरमा अन्न हुदैन् । जुत्ता बनाउने तथा सिउने काम मजदुरले गर्छ तर त्यसैको खुट्टा नांगो हुन्छ । सिरक तकिया मजदुरले सिउछन् तर त्यसैले सिरक तकिया प्रयोग गर्न पाउदैन् । ठुलठुला पक्की घर मजदुरले बनाउंछ तर त्यही व्यक्ति पक्की घरमा कहिले पनि सुत्न पाउदैन् । अस्पताल गरिबले बनाउंछ तर त्यसैले ईलाज गराउनं पाउदैन् । बिधालयको निर्माण गरिब मजदुरले गर्छ तर त्यसैको छोराछोरी स्कूल पढनवाट बन्चित हुन्छ । लुगा सिउने काम गरिब मजदुरले गर्छ तर त्यसैको जिउ नांगो हुन्छ । नेपालभरीमा कृषि योग्य जमीनको खनजोत तथा तयारी गरिब मजदुरले गरेका थिए तर त्यहि व्यक्तिहरु आज सुकुमवासी भएर कष्टकर जीवन विताउंन बाध्य छन् । भैंसी, गाई पालन गरिब मजदुर झोपरीवालाले गरेकोछ तर दुध, घ्यू, मखन महलवालाले खाईरहेको हुन्छ । अरुको परिचय निमार्ण गर्छन् तर आफ्नो परिचयगुमाउदै जान्छन् । दलितलाई पैदाईसी अछुत बनाएको हुदाँ प्रगतिका सम्पूर्ण बाटो बन्द गरीदिएको छ ।
- गरीब को हो ?
:- राजनीतिक, नागरिक, सामाजिक, आर्थिक र समय सापेक्ष सांस्कृतिक अधिकार उलघंन या अस्विकार गरिएको वा गराएको व्यक्ति गरिब हुन् । - गरीबी के छ ?
:- राजनीतिक, नागरिक, सामाजिक अधिकार, सांस्कृतिक अधिकार हनन् भएवाट उत्पन्न परिमाणका असर / अवस्था नै गरीबी हो ।
तसर्थ हालको सरकारले मुसहर लगायतका अन्य दलितहरुको उत्थानका लागि ठोस -ठोस कदम चाल्नु आजको अपरिहार्य आवश्यकता भएको छ।


