जनकपुरधाम, २८ असार । जनकपुरधामस्थित सामाजिक संस्था श्री राम युवा कमिटीको १७औँ कार्यसमितिको निर्वाचनबाट विजयकुमार साह तेली अध्यक्षमा निर्वाचित भएका छन्।
निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा शिव ठाकुर सोनार, उपाध्यक्षमा दीपककुमार साह, महासचिवमा सुभाषचन्द्र साह, सचिवमा लोकेश्वर झा तथा कोषाध्यक्षमा विनय साह निर्वाचित भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यमा अमर ठाकुर, सन्दीपकुमार साह, जितेन्द्रकुमार भगत, महावीर साह कानु (गोपाल), धर्मेन्द्र साह र सुदीपकुमार भण्डारी निर्वाचित भएका छन्।

निर्वाचन समितिका प्रमुख निर्मलकुमार चौधरीका अनुसार शनिबार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म सम्पन्न मतदानमा कुल २५८ मतदातामध्ये २३३ जनाले मतदान गरेका थिए।
अध्यक्ष पदका लागि अजय ठाकुर, अनिकेतकुमार ठाकुर, गणेशप्रसाद साह, पंकजकुमार आजाद, रामप्रताप साह, सरोजकुमार साह र विजयकुमार साह (दुबई) सहित सात जनाबीच प्रतिस्पर्धा भएको थियो।
त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदका लागि अजयकुमार ठाकुर, शिव ठाकुर सोनार र उपेन्द्र भण्डारीले उम्मेदवारी दिएका थिए। उपाध्यक्ष पदमा भने दीपककुमार साह निर्विरोध निर्वाचित भएका थिए।
महासचिव पदका लागि विनोद ठाकुर, शम्भुलाल दास र सुभाषचन्द्र साहबीच प्रतिस्पर्धा भएको थियो। सचिव पदमा अजयकुमार साह, आनन्दकुमार मण्डल, लोकेश्वर झा र सञ्जय ठाकुर उम्मेदवार बनेका थिए।



