जनकपुरधाम, १५ जेठ । मधेश प्रदेशका सभासदस्य रामअशिष यादवले गणतन्त्रको विकल्प कुनै पनि तन्त्र नरहेको बताउनुभयो ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा विहिवार जनकपुरधाममा गणतन्त्र दिवसमा आयोजित ‘शुभकामना तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै साँसद यादवले गणतन्त्र समाजको सर्वोत्तम व्यवस्था हो, जबकि राजतन्त्र एकलौटी शासन व्यवस्था छ । गणतन्त्रको खुश्बु नै नागरिकको स्वतन्त्रता छ । यी खुश्बुलाई बचाई राख्न सबैमा आग्रह गर्नुभयो ।
गणतान्त्रिक व्यवस्थामा केही त्रुटिहरु छन् त्यसलाई सच्याउन वा सुधारको अवस्था छ उहाँले भन्नुभयो ‘नेता कहिलेपनि जनताको सेवक हुन्छ शासक होइन । जनतामाथि शासनको व्यवस्था ल्याउनका लागि केही व्यक्तिहरु काठमाडौंंको सडकमा उत्रेका छन् । त्यस्ता व्यक्तिबाट सावधान रहन सबैमा आग्रह छ ।’
उहाँले अर्को प्रसंगमा भन्नुभयो यो संविधानले जनतालाई संघीयताको अनुभति दिलाई रहेको छैन, यो संविधानलाई संशोधनको आवश्यकता रहेकोले यथाशीघ्र संशोधन गर्न जिकिर पनि गर्नुभयो । तराई मधेशसंगको विभेद अहिलेपनि जारी रहेकोले त्यसलाई नहटाएमा विभेद विरुद्धको आन्दोलन नहोला भन्न सकिन्न भन्नुभयो ।

