जनकपुरधाम, १८ साउन । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ मलेसिया भ्रमणमा रहने भएकाले राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशी प्रदेशको कार्यवाहक प्रमुख तोक्ने निर्णय गरेका छन्।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
‘२०८२ साउन १८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन खापुङ मलेसिया जाने भएकाले उहाँको अनुपस्थितिमा कोशी प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेश प्रदेश प्रमुख सुवेदीलाई तोकिएको हो।’
खापुङ केही दिन मलेसियामा रहने कार्यक्रम रहेको र त्यही अवधिका लागि सुवेदीले कार्यवाहक प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्ने राष्ट्रपति कार्यालयले स्पष्ट पारेको छ।



