जनकपुरधाम, २१ फागुन । सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा विवादका कारण मतदान स्थगित गरिएको छ।
दलका प्रतिनिधिहरूबीच उत्पन्न विवादपछि बलरा–४ मा रहेको श्री प्राथमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो। विवादको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।
उक्त नगरपालिका अमरेशकुमार सिंहको गृहपालिका हो।
स्थिति सामान्य बनाउन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेर छलफल तथा समन्वय गरिरहेको बताइएको छ।


