काठमाडौं, ९ वैशाख । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।
विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाएका हुन् । गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाबारे जानकारी गराएका छन् ।
प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेको दिनमै मन्त्रिपरिषद् गठन गरेका थिए, जसअनुसार सोही दिन गुरुङ गृहमन्त्रीमा नियुक्त भएका थिए ।
पद सम्हालेको प्रारम्भिक चरणमै उच्च पदस्थ कर्मचारीमाथि कारबाही गर्दै चर्चा कमाएका गुरुङ पछिल्लो समय भने विभिन्न आरोपका कारण आलोचनाको केन्द्रमा परेका थिए ।
उच्च स्रोतका अनुसार, रवि लामिछाने सँगको छलफलपछि उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको बताइएको छ ।

