जनकपुरधाम, १५ जेठ । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले संघीयता तथा समावेशिताको एजेण्डालाई सबै भन्दा बढी उजागर गर्ने प्रेस स्वतन्त्रता सेनानीहरूलाई गणतन्त्र दिवसमा सम्मानित गर्न पाएकोमा आफू खुशी भएको बताउनुभयो । उहाँले यो अभियान निरन्तर रुपमा जारी रहने जिकिर पनि गर्नुभयो ।
शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले गणतन्त्रका कारणले नै मुलुकका विभिन्न क्षेत्र, वर्ग तथा भूगोलमा बसोबास गर्ने नागरिकहरूले मुलुकको सर्वोच्च पदमा पुगेको र पुग्ने क्रममा भएको बताउनु भयो ।
मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताउँदै अरू कुनै तन्त्र हुन नसक्ने बताउनु भयो ।
वन तथा वातावरणमन्त्री संजय कुमार यादवले गणतन्त्रको विकल्पमा नौलो गणतन्त्र हुन सक्ने बताउँदै तर जनताले फलिसकेको राजतन्त्र हुनै नसक्ने बताउनु भयो ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव, प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित प्रकाश खतिवडा, मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. शोहन साह, मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतो र मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विमन प्रसाद बरालले बोल्नु भएको थियो ।

