जनकपुरधाम, ३० असार । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ३ अर्ब १ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा चालु खर्चतर्फ १ अर्ब ६० करोड, पुँजीगत खर्चतर्फ १ अर्ब ४० करोड र सामाजिक सुरक्षा भत्तातर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। उपप्रमुख किशोरी साहका अनुसार, बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी न्युनीकरण, ग्रामीण विद्युतिकरण र हरित शहर निर्माणलाई प्राथमिकता दिएको छ।
अघिल्लो वर्ष उपमहानगरले ७१ प्रतिशत आर्थिक प्रगति गरेको जानकारी दिइएको छ। बजेटमार्फत समावेशी विकास र नागरिक जीवनस्तर सुधार गर्ने लक्ष्य राखिएको छ।

