जनकपुरधाम २५ साउन । जनकपुरको थापाचोकमा रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन्। बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।
रेल भांगहातर्फबाट जनकपुरतर्फ जाँदै थियो। सोही बेला थापाचोकतिरबाट जानकी मन्दिरतर्फ गइरहेको कारले लिक क्रस गर्न खोज्दा रेलसँग ठोक्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

