जनकपुरधाम ,५ भदौ । धनुषाको क्षीरेश्वर नगरपालिका महेन्द्रनगरद्दारा वडा नं ५को वजार ठेक्का लगाउने विषयमा अनियमितता भएको आरोप लगाइएको छ ।
सो नगरपालिकाद्दारा प्रक्रियापुरा नगरी कानूनीरुपमा ठेक्का नपरेको व्यक्तिलाई गैेरकानूनीरुपमा ठेक्का वितरण गरिएको आज महेन्द्रनगर आयोजित पत्रकार समम्ेलनमार्फत जानकारी गराइएको हो ।
क्षिरेश्वर नगरपालिका वडानं ६ का हरिप्रसाद राउतले पत्रकार सम्मेलन मार्फत सो ठेक्का वितरणमा अनियमितता भएकोले खारेजगर्न माँग गरेको छ ।
महेन्द्रनगर चोकको वजारको लागि नगरपालिकाले रु आठ लाख ७७ हजारको ठेक्का आवाहन गरेको थियो । त्यो ठेक्का पाउन तीन जनाले रु एक हजारको शुल्क सहित कानूनी प्रक्रिया अनुसार ठेक्का पाउन निवेदन गरेको थियो । तर तोकिएको समय भित्र ठेक्का पाउने निवेदन अर्थात रसिद सहित गोप्य सिलवन्दी नगरेको व्यक्तिलाई सो कार्यालयले ठेक्का दिने घोषणा गरेकोमा उहाँले सो विरोध जनाएको छ ।
सो नगरपालिकाको कार्यालयले ठेक्का आवाहन गरेको १५ दिनभित्र नगदी रसिद तथा ठेक्का कवोल रकमको ५ प्रतिशत रकम वाणिज्य वैकमा जम्मा गर्नुपर्ने तथा त्यसको भौचर तथा रसिदसहित नगरपालिकामा गोप्य सिलवन्दी गनुपर्ने प्रावधान राखिएको थियो । तर सो नगरपालिकाले त्यो प्रक्रिया पुरानगरी रामशरण यादवलाई रु १० लाख ५५ हजारमा ठेक्का दिएकोमा पिडित राउतले विरोध जनाएको छ । साथै उहाँले नगरपालिकाले न्यायोचित रुपमा मलाई ठेक्का नदिएमा अख्तियार दुरुपयोग अनुसंधान आयोग तथा जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यवाहीका लागि उजुरीदिने वताउँनुभयो । उहाँले पनि ठेक्काका लागि निवेदन गरेको थियो । कानूनी प्रक्रिया अनुसार ठेक्का राउतको हुने दावी गरिएको छ । उक्त विषयमा सो कार्यालयका प्रशासकीय अधिकृत रामउद्गार अधिकारीसँग सम्र्पक गर्नखोज्दा सम्र्पक हुन सकेन ।



