जनकपुरधाम, ५ असोज । गैर–सरकारी संस्था पिपल प्रोमोट सेन्टरले आफ्नो १७ औं वार्षिक साधारण सभा तथा ६ औं अधिवेशनबाट नयाँ नेतृत्वको चयन गरेको छ ।
सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा पुनः कमलेश मण्डल चयन भएको छ ।
त्यसैगरी उपाध्यक्ष जगदशी ठाकुर, सचिव प्रमोद कुमार राउत, कोषाध्यक्ष सुनिता देवी साह, सहसचिव नेम्बर राई, सदस्यहरू कविता कुमारी सादा, रुकमिणी कुमारी साह, उमेश कुमार राउत र कौशल कुमार ठाकुर रहेका छन् । नयाँ कार्यसमितिले संस्थालाई अझ सबल, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष मण्डलले धन्यवाद मन्तव्य दिँदै संस्थाले विगतमा गरेका उपलब्धिलाई निरन्तरता दिँदै अबको कार्यकालमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिने बताउनुभयो । उहाँले ग्रामीण भेगका पिछडिएका समुदायलाई लक्ष्यित गर्दै जनचेतनामूलक र सशक्तीकरणका कार्यक्रमलाई थप सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



