जनकपुरधाम, २७ पुस । नेपाल मेडिकल एशोसिएशन (एनएमए) जनकपुरधामको अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित भएका छन् ।
गत शनिबार सम्पन्न निर्वाचनमा डा. यादवले २७६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अवधेश कुमार साहले २७१ मत ल्याए पनि पाँच मतको अन्तरले पराजित भएका छन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा विजय कुमार कापडले ३०१ मतसहित विजय हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अश्विनी कुमार झाले २३७ मत प्राप्त गरेका थिए । अर्का उपाध्यक्षमा निरञ्जन गोइतले २८० मत ल्याई विजयी भएका छन् भने दीपेन्द्र मण्डलले २४७ मत ल्याई ३३ मतको अन्तरले पराजित भएका छन् ।
सचिव पदमा विजय कुमार साहले २७४ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विपिन कुमार यादवले २६१ मत प्राप्त गरेका छन् । सहसचिवमा रोविन कुमार झाले २७१ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी सोनम गुप्ताले २५९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, कोषाध्यक्षमा रतिश सिंह २९० मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अमित कुमार यादवले २३९ मत प्राप्त गरेका छन् । सहकोषाध्यक्षमा डा. शम्भु कुमार साहले ३०१ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रनारायण यादवले २१५ मत मात्र प्राप्त गरेका छन् ।
सदस्यहरुमा विजयी भएका डाक्टरहरु क्रमशः डा.जितेन्द्र कुमार ठाकुर, रविन प्रसाद साह, बलराम कुमार मण्डल, ममता कुमारी साह, रामप्रताप साह, अश्विनी कुमार रञ्जन विजयी भएका छन् ।
निर्वाचन समिति प्रमुख नागेन्द्र प्रसाद यादवले आईतवार एक समारोहबीच विजयी भएकाहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।



