जनकपुरधाम, १३ साउन । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरी नजिक धारिलो हतियार प्रहारबाट एक किशोरीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी १४ वर्षीया अञ्चली यादवको घटनास्थलमै मृत्यु भएको हो। घाइते हुनेमा अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव छन्। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।
जनकपुरमा डेरा गरी आमासँगै बस्दै आएकी अञ्चली त्यहीँ अध्ययनरत थिइन्। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।



