जनकपुरधाम, ६ असोज । मधेश प्रदेशका राजधानी जनकपुरधाममा आजबाट दशैं सस्तो व्यापार मेला सञ्चालनमा आएको छ ।
हिन्दुहरुको महान पर्व दशैंको अवसरमा एकथलोबाट सस्तो, सुलभ र गुणस्तरीय समान आम उपभोक्तामा पुर्याउन उद्देश्यले जनकपुरधाम उद्योग वाणिज्य संघले मेलाको आयोजना गरेको छ ।
उक्ता मेलामा सयभन्दा बढी स्टालहरु राखिएको छ । दैनिक जीवनमा प्रयोगमा आउने सामाग्री सत्ताकपडा, खद्यान्न लगायतका विभिन्न सामानहरु विशेष छुटका साथ स्टालहरुमा राखिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा भएको सो मेलाको राम मन्दिरका महन्थ रामगिरीले एक समारोहबीच उद्घाटन गर्नुभयो ।

पचासवर्षभन्दा पहिलादेखि यो मेला लाग्दै आएपनि मेलाको व्यवस्थापन कमजोर भएको कारण भीडभाड बढी हुने गरेको छ । सो मेलामा दैनिक पाँच लाखभन्दा बढीको व्यापार हुने गरेको व्यापारीहरुले बताएका छन् ।
उद्घाटन सत्रमा जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बजरंग प्रसाद साह, श्याम साह, नेपाल पत्रकार महासंघका धनुषा अध्यक्ष पुरण साह लगायतका व्यक्तिहरुले आफ्ना विचार राखेका छन् ।


