जनकपुरधाम, २९ मंसिर । जापान सरकारको परराष्टू मंत्रालयको आर्थिक सहयोगमा धनुषा जिल्लाको दुईवटा सामूदायिक विधालयको भुकम्प प्रतिरोधात्मक एवम् सुविधा सम्पन्न भवन निमार्ण भएकोे छ ।
प्लान इन्टनेशनल नेपाल तथा आसमान नेपालको सहकार्यमा संचालित शिक्षा परियोजना अन्र्तगत सो विधालयको भवन निमार्ण गरिएको हो ।
धनुषाको विदेह नगरपालिका वडा नं -५ स्थित श्री आधारभूत विधालय मुडिवामा रु ९४ लाख तथा जनकनन्दिनी गाउँपालिका-१ स्थित शंकर माध्यमिक विधालयमा रु एक करोड २५ लाखको लागतमा छुटाछुटै विधालय भवन निमार्ण भएको हो ।
उक्त दुइवटै विधालयमा अपागंमैत्री दुईतल्लाको चार-चार वटा कोठा सहित पाँच-पाँचवटा शौचालय तथा स्वच्छ खानेपानी टंकी र धारासमेत निमार्ण गरिएको प्लान इन्टरनेशनल नेपालका पूर्वक्षेत्रीय प्रमुख रविशंकर पण्डितले जानकारी दिनुभयो ।
सो विधालयहरुका भवनहरु जिर्णभएको तथा वालवालिकाहरुको पठन पाठनमा समस्या भएकोले सुविधा सम्पन्न भवन निमार्णगरी विधालयलाई हस्तान्तरण गरिएको उहाँले भन्नुभयो ।
उक्त नवनिर्मित विधालय भवनहरुको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको नेतृत्वमा तथा उपप्रमुख संगिता ठाकुरको सहभागितामा सरकारी तथा गंैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनीधिहरुको टोलीले निरीक्षण तथा अनुगमन गरेको छ । सो निरीक्षण पश्चात प्लान इन्टरनेशनलको जिल्ला परियोजना सल्लाहकार समितिको वैठक वस्यो । वैठकमा प्लान इन्टरनेशनलका पूर्वक्षेत्रीय प्रमुख रविशंकर पण्डित तथा आसमान नेपालका संजय पाशवानले प्लान इन्टरनेशनल तथा आसमान नेपालले वालवालिका तथा लैगिक समानता र भौतिक पूर्वाधार सम्वन्धि गरेकोकार्य तथा प्रगती र त्यसको उपलव्धी वारे जानकारी दिनुभएको थियो ।
सो वैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद लुइटेलले नेपाल सरकारको उदेश्य तथा लक्ष्यलाई पुरागर्न गैरसरकारी संस्स्थाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेखगर्दे प्लान इन्टर नेशनल लगायतका गैरसरकारी संस्थाहरुले थप प्रभावकारी कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख मण्डलले गैरसरकारी संस्थाहरुले पालिकाहरुको समन्वयमा शिक्षा , स्वास्थ्य , सरसफाई तथा चेतनामूलक कार्यक्रमलाई प्रभावकारीरुपमा अगाडि वढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्लान इन्टर नेशनल नेपालले सन् १९७८वाट नेपालमा कार्यगर्दे आएको छ । हाल आफना साझेदार संस्थाहरु मार्फत मधेश प्रदेशको चार जिल्ला सहित १३ जिल्लामा कार्यगर्दे आएको छ । सो संस्थाले धनुषा जिल्लाको विदेह नगरपालिका , जनकनन्दिनी गाउँपालिका , शहिद नगरपालिका , कमला नगरपालिका तथा सवैला नगरपालिकामा लैगिक समानता तथा भौतिक पूर्वाधार निमार्ण सम्वन्धी विभिन्न कार्यगर्दे आएको छ । हाल नेपालमा सो संस्थाको लैगिक समानता तर्फ प्रत्यक्षरुपमा सात लाख तथा अप्रत्यक्षरुपमा १५ लाख वालवालिका र किशोरकिशोरी एवम् महिलालाई लाभान्वित गर्नेतर्फ लागेको क्षेत्रीप्रमुख पण्डितले भन्नुभयो ।

