जनकपुरधाम, १४ जेठ । ‘संघीयताले त देश नै बर्बाद गर्यो । जनता खुशहाल छैन । नेता र जनप्रतिनिधि मोटायो, सर्वसाधारण जनता दुबलायो । बेरोजगारी र महँगी बढ्दैछ । जनतामा व्याकुलता घटेको छैन । यसैको लागि जनताले संघीयता रुचाएको होइन । अब संघीयता होइन, राजतन्त्र नै राम्रो थियो’ चिया पसलमा चिया पिउँदै एकजना ग्राहकले भन्यो ।
यत्रो भ्रष्टाचारी, महँगी, बेरोजगारी त राजतन्त्रमा पनि थिएन । नेपाल आर्थिक भार नथेग्ने अवस्थामा छ । राजतन्त्रको लागि भई रहेको आन्दोलन जायज हो, राजतन्त्र आउँनै पर्छ अर्को ग्राहकले भने ।
‘होइन, तपाईहरुको गुनासो ठिन छ, यसमा कुनै दुईमत छैन । तर संघीयता खराब होइन, संघीयताले देश बर्बाद गर्दैन, यसको सञ्चालन गर्ने व्यक्ति नराम्रो हुनसक्छ । नेता तथा जनप्रतिनिधि स्वार्थी होलान, तर यसको मतलव राजतन्त्रलाई फर्काउनुपर्छ राम्रो कुरा हाइन’ मधेश प्रदशका नीति आयोगका पूर्व उपाध्यक्ष भोगेन्द्र झाले भन्नुभयो । आज जुन तपाई हामी बोलिरहेको छ, विरोध गरिरहेका छौं, अधिकारका लागि लडिरहेका छौं त्यो संघीयताकै देन हो । संघीयतालाई सदुपयोग गर्न निर्वाचनको बेलामा जनतालाई इमान्दार भई दिनुपर्छ उहाँले भन्नुभयो ।
त्यस्तो छैन । सबै जनप्रतिनिधि र नेताहरु स्वार्थी, भ्रष्टाचारी र नराम्रो होइन, केहीको कारण सबै बदनाम भई रहेको प्रदेश साँसद रामअशिष यादवले भन्नुभयो । विकासभन्दा भ्रष्टाचार बढ्ेको छ, यो शब्दलाई नकार्न सकिदैन, तर विरोध पनि भई नै रहेकोछ । सुशासन कमजोर हुँदा भ्रष्टाचार मौलाउँछन्, तपाईहरुको कुरा जायज हो । सरकारको बजेट पनि कमिशनमुखी हुन्छ । जुन क्षेत्रमा बढी कमिशन हुन्छ, अनियमिताको बढी सम्भावना हुन्छ, त्यसैमा बढी बजेट राखिन्छ । सरकारको दीर्घयामी सोच नभएको कारण वा स्वार्थीको कारण त्यो कुरा जनतालाई मूल्यांकन गर्ने हो । तर राजतन्त्र कदापि राम्रो छैन साँसद यादवले सम्झाउँदैन भने ।
संघीयतामा बोल्ने बाहेक के पायो त ? देश ऋणमा डुब्यो, अर्को भ्रष्टाचारी बढ्ेको बढ्ैय छ, सुनतस्करी घटना लगायतको घटनाहरुको जन्म बाहेक केही दिएन, त्यसमा पनि देश हाक्नेहरुको प्रत्यक्ष संलग्नता रहेको समाचार नै आईरहेको छ चिया चुस्तै पहिलो ग्राहकले भने ।
संघीयताको विकल्प छैन । राजतन्त्र सर्वसाधारण जनताका लागि कहिलेपनि राम्रो थिएन र हुँदैन साँसद यादवले भन्नु भयो । उहाँले १० वर्ष भित्रमा नेपालमा भएको विकास सयौं वर्षमा नभएको थियो । संघीयताकै देन हो कि आज हामी भ्रष्टाचार, अनियमितता, बेइमानी र सरकारको सकारात्मक नाकारात्मकको बारेमा सुन्छौं, बुझ्छौं । राजतन्त्रमा त समाचार पनि रोक लगाउँथ्यो । अहिले त्यसो छैन । त्यसैले संघीयतालाई बदनाम गर्ने वा दुरुपयोग गर्ने व्यक्तिलाई निर्वाचनको बेलामा पहिचान गर्नुपर्छ । संघीयता रहेमा हामी विरोध गर्छनौं, त्यसैले संघीयताको उपलब्धीलाई बचाऔं र संघीयतालाई बदनाम गर्नेलाई पहिचान गरौं ।

