नेपालको गणतान्त्रिक यात्रा लामो छैन तर यसबीच नेपालले लोकतान्त्रिक संघीय गणतन्त्रको अभ्यास, संरचना र संयन्त्रलाई क्रमशः अग्रगति दिँदैछ । यसैक्रममा हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाइँदै आएको छ । शहीद, प्रजातन्त्र, गणतन्त्रका दिवसले नेपालको राजनीतिक परिवर्तन, जनताको अदम्य अठोेट तथा संघर्षको इतिहास झल्काउँछन् । तिनले अबको मुलुकी यात्रा, जनताको
आकाङ्क्षा र गन्तव्यको सारभूत समीक्षा र संकल्प गर्न पनि प्रेरित गर्छन् । राजनीतिक परिवर्तनको यात्रामा हामी कहाँ थियौँ, हाम्रा पाइताला कहाँ थिए र अब पुग्नुपर्ने कहाँ हो भनेर पुनर्मूल्याङ्कन गर्न यस्ता दिवसले उत्प्रेरित गर्नेछन्।
नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि पटक पटक आन्दोलन भएका छन् । पटक पटकका पुस्ताले आन्दोलन गरेकाले ती आन्दोलन, आन्दोलनका तिथिमिति र उपलब्धि इतिहासमा सुनौला अक्षरले लेखिएका छन्रु। तिनलाई जनताको स्मृतिमा सुरक्षित राख्न र तिनका भावना आत्मसात् गरी उद्देश्य प्राप्ति निम्ति अग्रसर हुनसक्दा आन्दोलनमा योगदान दिएका सबैको योगदानको सम्मान अक्षुण्ण हुन्छरु। अन्यथा यस्ता योगदानमाथि कालो बादलको ओझेल पर्नेछ ।
आजको दिनलाई महापर्वको दिनमा पनि मनाउनुपर्छ । तर गणतन्त्रलाई केही व्यक्तिले दुरुपयोग गरेकोप्रति सन्तुष्टि पनि त्यतिकै बढको पनि छ । गणतन्त्रलाई आज स्मरण गर्ने दिन मात्र होइन, यस दिनलाई समीक्षा गर्ने पनि दिनको रुपमा बुझ्नुपर्छ । केही दिनदेखि राजाका समर्थकहरुले राजा ल्याउनका लागि आन्दोलित छन् । गणतन्त्रप्रतिको असन्तुष्टिको उपजको रुपमा यसलाई मान्नुपर्छ । जनताले गणतन्त्रमा वाक स्वतन्त्रता पाएकै छ । अधिकारका लागि लड्ने छुट छँदैछ । यसका साथै गणतन्त्र स्थापनापछि जनतालाई जुन प्रकारले शान्ति सुव्यवस्था, सुशासन तथा महँगी नियन्त्रण पाउनुपर्नेमा त्यसमा विकृति बढ्कै हो । अर्को कुरा बेरोजगारीको संख्या बढेको छ । भौतिक संरक्षणाको विकास तिव्ररुपमा भएको छ भन्ने युवा पालयनको संख्यामा पनि सोही रुपमा बढेको छ । त्यसैले आजको दिनलाई गणतन्त्रका लागि लडेको योद्धाको स्मरण गर्ने दिन बुझ्नुपर्छ । उहाँको सपना सकार भएको छ, छैन, त्यसको समीक्षा गर्नुपर्छ । तब मात्र गणतन्त्रलाई सार्थक मान्न सकिन्छ ।

