जनकपुरधाम, २९ वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार २०८१ सालको एसईई नतिजा सार्वजनिक गरेको हो ।
ननग्रेडेड विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा करिब २१ हजारले घटेको छ । गत वर्ष १ लाख ६७ हजारभन्दा बढी विद्यार्थी ननग्रेडेड भएका थिए ।
यस वर्ष एसईईमा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए ।



